राजस्व अनुसान्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त


राजश्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा अधिकारी नियुक्त भएका हुन् ।

ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका अधिकारी यस अघि सहकारी विभागको रजिष्ट्रार थिए ।

२०७८ कात्तिक पहिलो साता सहकारी विभागको रजिष्ट्रार हुनु पहिलो उनी सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।