अमेरिका प्रवेश गर्नेले पीसीआर परिक्षण गर्नु नपर्ने


अमेरिकाले मुलुक प्रवेश गर्दा पीसीआर रिपार्ट नचाहिने व्यवस्था कार्यान्वायनमा ल्याएको छ ।

विश्वका कुनै पनि मुलुकबाट अमेरिका पुग्ने हवाई यात्रुहरुले अब पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपार्ट देखाउनु नपर्ने भएको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले यस अघि जारी गरेको कोभिड १९ को नेगेटिभ रिपार्ट अनिवार्यको व्यवस्थालाई खारेजगरेसँगै कोभिडसँग सम्बन्धित कागजात आवश्यक नपर्र्ने भएको हो ।

जुन १२, २०२२ को मध्यरातदेखि यो व्यवस्था लागू भईसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।