दमौलीको थोक तथा खुद्रा मासु बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

0
Shares

बैंक अफ काठमाण्डूले डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा तनहुँको दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।

एक औपचारीक कार्यक्रमका बिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट संयूक्त रुपमा क्यूआर कोड सेवा शुभारम्भ गरिएको हो । मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालन गरिरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।