एनआईसी एशिया फ्लेक्सी क्यापका इकाई बाँडफाँड, आकार २ करोडले बढ्यो


एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना एन आई सी एशिया फ्लेक्सी क्याप फण्डका इकाईहरु बाँडफाँड गरिएको छ ।

प्रति इकाई १० रुपैंयाको दरमा निष्काशन गरिएको १० करोड इकाईमध्ये बीज पूँजी बापतको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो । उक्त अवधिमा माग गरे भन्दा बढी इकाई खरिदको लागि आवेदन प्राप्त भएकाले छिटो मितिमा नै निष्काशन बन्द भएको फण्डको इकाईको आकार बढेको छ ।

योजनाको व्यवस्थापक एनआईसी एशिया क्यापिटलका अनुसार मंगलबार साँझ फण्डका इकाईहरु बाँडफाँड गरिएको हो । ९५ हजार ९९७ सर्वसाधारण आवेदकहरुबाट जम्मा ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ६९ आवेदकहरुबाट प्राप्त ९ हजार ९५० इकाईको आवेदन रद्ध गरी ९५ हजार ९२९ आवेदकहरुलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको हो ।

उल्लेखित आवेदक तथा बिज पूँजी समेत गरी फण्डको आकार १ अर्ब २ करोड रुपैंया कायम भएको क्यापिटलले जनाएको छ । उसका अनुसार माग भए अनुसार सबै लगानीकर्तालाई १० करोड २ लाख इकाई बाँडफाँड गर्दा फण्डको आकार १ अर्ब २ करोड रुपैंया कायम भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।