नेप्सेका पुर्व प्रमुख कार्यकारी साउद नेपाल इन्स्योरेन्सको सञ्चालक नियुक्त


नेपाल स्टक एक्स्चेञ्जका पुर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नेपाल इन्स्इोरेन्सको सञ्चालकमा निर्विरोध भएका छन् ।

कम्पनीको जेठ ३० मा सम्पन्न साधारण सभाले साउद र विष्णु खेतान अग्रवाललाई संस्थापकतर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

त्यसैगरी साधारण सभाले साधारण शेयरधनीकातर्फबाट सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर र ०.६७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

योसँगै इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रुपैंयाबाट बढेर १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार रुपैंया पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।