मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच सम्झौता


मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा तय गरेका कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् ।

एक कार्यक्रम बीच बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभागका बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात लाक्पा देण्डी शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको भूमिका निर्वाह गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।