मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक


चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृती दिएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।

श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा गोल्डतर्फ यही पदक प्राप्त गरेका थिए ।

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।