सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम”


सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” सम्पन्न गरेको छ । २०० भन्दा बढी आभिकर्ताहरु माझ आयोजना गरिएको कार्यक्रमले अभिकर्ताहरुमा उत्साह थपेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का सहभागि कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ बाँडेका थिए ।

सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गरेका नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरेका थिए । साथै प्रमुख कार्यकारी अधिकृत खड्काले उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा प्रशिक्षण दिएका थिए । बीमितहरुको सेवालाई प्राथमिकतामा राखेर अघि बढ्दा कम्पनीको व्यवसाय वृद्धि हुने भन्दै खड्काले जिम्मेवार बन्न पनि आग्रह गरे ।

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको बताउँदै खड्काले आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन उनीहरुकै माध्यमले सजिलो भएको बताएका थिए ।
उक्त कार्यक्रमले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कार्यक्रमका सहभागी अभिकर्ताहरुले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।