समृद्धि फाइनान्सको ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक

0
Shares

समृद्धि फाइनान्सले नयाँ योजना र्साजनिक गरेको छ । फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।

फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।