माछापुच्छ्रे बैंकको ‘साढे ६ वर्षमा डब्बल धमाका’ योजना

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडले माछापुच्छ्रे स्मार्ट मुद्दती खाता सञ्चालनमा ल्याएको छ।

उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।

माछापुच्छ्रे स्मार्ट मुद्दती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ। साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ।

बैंकका अनुसार इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन्।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।