दुई दिनमै नाडा अटो शो को स्टल बुकिङ पूरा


चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ ।

कोभिड–१९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीको आकर्षणका कारण चार दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्दैछ । त्यसका लागि स्टल बुकिङको रजिष्ट्रेसन खुल्ला गरिएको थियो ।

बिहीबार असार २ गते स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा गरिएको थियो । सोही आधारमा कम्पनीहरुलाई स्टलको छनौट र बाँडफाँड गरिएको नाडाले जानकारी दिएको छ ।
विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।