नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो लाभांश

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असार ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ५८ करोड २५ लाख रुपैयाँ बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।