इसेवाको ‘५५ मिनेटको धमाका अफर’ मा ५५ रुपैयाँ क्यासब्याक

0
Shares

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ ।

यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ः०५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।

इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो ।यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।