महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट


महालक्ष्मी विकास बैंक र महाराजगञ्ज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका बिचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई सरलिकृत तवरले सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।