एनएमबि बैंकले ल्यायोे रकम डबल हुने दुई मुद्दती योजना

0
Shares

एनएमबि बैंकले “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” योजना सार्वजनिक गरेकोे छ ।

“एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ ।

त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।