ज्योति विकास बैंकको ७१ महिनामा पैसा दोब्बर हुने बचत योजना


ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।

बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।