घट्दो क्रम नरोकिए क्रिप्टो करेन्सी क्र्यास हुने


विश्व अर्थतन्त्र नै क्राइसिस उन्मूख भएपछि त्यसको असर क्रिप्टो करेन्सीमा अधिक देखिन थालेको छ । अनौपचारीक मुद्राको रुपमा तिब्र गतिमा अघि बढेको क्रिप्टो करेन्सी पछिल्लो समयमा क्र्यास नै हुने गरी घट्दो गतिमा देखिएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आएको छ । निरन्तर घ्ट्दो क्रममा रहेको क्रिप्टो करेन्सी क्रयास हुन लागेको हो त ? क्रिप्टोकरेन्सीको बादशाह मानिने बिटकोइन पछिल्लो ६ महिनाको अन्तरालमा ५७.७८ प्रतिशतले घटेको छ ।

विगत एक महिनामा मात्र क्रिप्टोको मूल्य ३४.७५ प्रतिशतले घट्दा बिटकोइनको मूल्य १९ हजार ७ सय ८६ डलर कायम भएको छ । विज्ञहरुले आकाशिएको मूल्य वृद्धि र यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले आक्रामक रुपमा ब्याज दर वृद्धि गरेका कारण क्रिप्टोकरेन्सीको मूल्य घट्ेको बताएका छन् ।

शनिबार बिटकोइनको मूल्य सन् २०२० डिसेम्बर यताकै कम १७ हजार ५ सय ९३ पुगेको थियो । यसै सम्बन्धमा टलब्याकेन क्याप्टिलका प्रमुख कार्यकारी अधिकृत माइकल पुर्वसले स्टक मार्केटमा आएको गिरावट र बिटकोइन लगायतका क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई अन्तर सम्बन्धित मान्न सकिने बताएका छन् । उनले बिटकोइनको मूल्य १५ हजार वा सो भन्दा तल आउन सक्ने बताएका छन् ।

यसै गरी इथेरियमको मूल्यमा पनि भारी गिरावट आएको छ । विगत ६ महिनामा इथेरियमको मूल्य ७३.१३ प्रतिशतले तल झरेको छ भने गत एक महिनामा ४७.७५ प्रतिशतले मूल्य तल झर्दा इथेरियमको मूल्य १ हजार ५४ डलर कायम भएको छ ।

सन् २०२१ को नोभेम्बर महिनामा ६८ हजार पुगेको बिटकोइन १७ हजारमा पुग्दा लगानीकर्ताहरुको मनोबल कमजोर हुन पुगेको छ । टेरा युएसडी कोल्याप्स भएपछि लगानीकर्ताहरु बिटकोइन कोल्याप्स हुन्छ कि भन्ने डरमा बसेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।