सवारी साधनको महसुल परिवर्तनले व्यवसायी अन्यौलमा : नाडा अध्यक्ष थापा


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष धु्रववहादुर थापाले आगामी आर्थिक वर्षको बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता उत्पन्न भएको बताएका छन् ।

चितवनको भरतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

देशमा विद्यमान तरलता अभावका कारण व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताएका थापाले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए । नाडा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको बताए ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

नाडाले गत जेठ २७ गते लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोहि प्रकारको प्रशिक्षण कार्यक्रम गरेको थियो । नाडाले असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।