महालक्ष्मी लाइफको ‘साइन्स अफ सेल्स’ सम्बन्धी प्रशिक्षण सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश अन्तर्गतका शाखा रउपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको उद्घाटन गरेका थिए । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए ।

लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्रि कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिए ।

बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन कम्पनीका वागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।