आइएमई जनरल इन्स्योरेन्स र एसटीइएम सेन्टरबीच छुट सम्झौता


आइएमई जनरल इन्स्योरेन्स र एसटीइएम सेन्टर (सुगर, थाइराइड, एण्डोक्राइनोलाजी एण्ड मल्टिस्पेशियालिटी सेन्टर) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एसटीइएम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथ सेवाग्राहीले बत्तीसपुतलीमा रहेको एसटीइएम सेन्टरमा प्याथोलोजी, रेडियोलोजी परिक्षणका साथै फार्मेसी, दन्त परीक्षण र अप्थालोमोजिकल उत्पादनमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।