पन्ध्र दिनको पेट्रोलियम व्यापारमा अढाई अर्ब घाटा छ : आयल निगम


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै नेपाल आयल निगमले क्रमिक रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ ।

यस क्रममा आइतबार मात्र भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमले मूल्यवृद्धि पछि पनि निगमको घाटा ५ अर्ब हाराहारी रहेको जनाएको छ ।

इन्धनमा भएको भारी मूल्य वृद्धिबारे वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेश कुमार थानीले निगमको घाटा ५ अर्ब हाराहारी रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा मात्र पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डर ७५४ रुपैयाँ घाटा रहेको उनको भनाई छ । भाउ बढाउने समय अघिको १५ दिनमा बाह्य बजारमा भाउ बढेका कारण २ अर्ब ३५ करोड घाटा रहेको उनले जानकारी दिए ।

खाना पकाउने ग्याँसमा दोहोरो मूल्य कार्यान्वयन गर्दै आयल निगम

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।