चैतमै गठन भएको थियो वायु सेवा प्रदायक र प्राधिकरण सम्मिलित कार्यदल


नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा हाल रात्रीकालिन पार्किङका साथै बेस बनाएका हेलिकप्टर तथा हवाई जहाजहरु मध्ये ६६ प्रतिशतलाई विकेन्द्रिकृत गरी अन्य विमानस्थलमा जान निर्देशन गरेसँगै आरोप प्रत्यारोप लगाउने क्रम चुलिएको छ ।

आइतबार प्राधिकरणले असार ८ देखि हेलिकप्टर तथा असार १३ देखि जहाजको हकमा लागू हुने गरी नयाँ बेस निर्धारण गरी कार्यान्वायन गर्ने निर्णय गरेको थियो ।

सो लगत्तै वायु सेवा प्रदायकहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर आजको भोली नयाँ व्यवस्था कार्यान्वायन गर्न नसकिने भन्दै जबरजस्ती रोक्न चेतावनी दिए ।

यस्ता छन् वायुसेवा सञ्चालक संघले उठाएका पाँच बुँदे माग

उनीहरुले असार ८ देखि नै नियमित तथा आपतकालीन सबै उडान ठप्प पार्ने चेतावनी दिएसँगै आम नागरिकमा भोलि के हुन्छ भन्ने चासो बढिरहेको छ ।

भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालकको चेतावनी

उता प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर ‘विमानस्थल खुल्ला’ रहेको भन्दै व्यवसायीलाई अत्यावश्यक सेवामा जिम्मेवार बन्न आग्रह गरेको छ । प्राधिकरणले गत चैत महिनामा नै हेलिकप्टर तथा जहाजको बेस विकेन्द्रिकृत गर्न कार्यदल गठन भएको र उक्त कार्यदलमा वायु सेवाप्रदायकहरु सहभागि रही सहमति जनाएको अवस्थामा उडान स्थगन गर्ने धम्की जायज नभएको बताएको छ । प्राधिकरणका महानिर्देशक प्रदिपराज अधिकारीले कार्यदलले गरेका सहमतिको दस्तावेज सार्वजनिक गर्दै रातारात व्यवस्था परिवर्तन गर्न नखोजिएको प्रष्ट पारे ।

उडान रोक्ने धम्की नदिनुस्ः क्यान महानिर्देशक अधिकारी

यस्तो छ अधिकारीले उपलब्ध गराएको कार्यदल सम्बन्धि कागजात, जहाँ बेस निर्धारणका साथै अन्य विविध विषयमा कार्यदलले बैठक बसी थप निर्णय गर्ने उल्लेख छ ।

प्राधिकरणले ११ सेवाप्रदायकका ३८ हेलिकप्टरको बेस पनि सार्वजनिक गर्दै असार ८ देखि नै नयाँ व्यवस्था अनुसार गर्न गराउन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ । कहाँ कुन सेवाप्रदायकका हेलिकप्टरको बेस संख्या कित छ ? प्राधिकरणको दस्तावेज यस्तो छ ।

साथै प्राधिकरणले हवाई जहाजहरुको बेस विबरण पनि सार्वजनिक गर्दै असार १३ गतेदेखि नै यो व्यवस्था कार्यान्वायनमा आउने जनाएको छ । यस्तो छ हवाई जहाजको बेस विबरण ।

प्राधिकरणले आइसोलेशन क्षेत्रमा अलपत्र अवस्थामा रहेका २० वटा जहाज तथा हेलिकप्टरको व्यवस्थापन गर्न पनि सेवाप्रदायकहरुलाई आग्रह गरेको छ ।

विमानस्थलको संवेदनशील क्षेत्रमा सञ्चालन नहु्ने अवस्थाका जहाज तथा हेलिकप्टर थन्काएर राख्दा असुरक्षा बढेको भन्दै प्राधिकरणले त्यस्ता जहाज हटाउन आग्रह गरेको हो । उसले यस्ता जहाज व्यवस्थापन नगरे प्राधिकरणले थप निर्णय गर्ने चेतावनी पनि दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।