नेपाल प्रहरीका १७ एसएसपी डिआइजीमा बढुवा


नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका छन् । 

बढुवा समितिको असार ८ मा बसेको बैठकले विभिन्न विभागमा रहेका उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका अनुसार वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाको बढुवा सिफारिस गरिएको हो । 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।