सांग्रिला डेभलपमेन्टका सेवाग्राहीले क्लिनिक, रेष्टुरेन्ट, स्विमिङ पुल लगायतमा छुट पाउने


सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीले विभिन्न किसिमका सेवामा छुट पाउने भएका छन् । बैंकले बिहीबार ५ विभिन्न संस्थाहरूसँग सम्झौता गरी यस्तो व्यवस्था गरेको हो । 

ती संस्थाहरूमा छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरूका आधिकारिक व्यक्तिहरूले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैङ्किङ र क्यूआर प्रयोगकर्ताहरूले उल्लेखित विभिन्न संस्थाहरूको सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।