गण्डकी प्रदेशमा बढाइएको सवारी कर र जाँचपास नीति खारेज गर्न माग


नाडा ओमोवाइन्स एशोसिएन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर फिर्ता लिन माग गरेको छ । साथै छ छ महिनामा जाचँपास गर्नुपर्ने नीति अव्यवहारिक भएको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गर्न माग गरेको हो ।

“गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ,” नाडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सबै प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको नाडाले केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती भइसकेको अवस्थामा कर बढाइएको जनाएको छ ।

समान कर नीति अवलम्बन गर्ने सहमति विपरित गण्डकी सरकारले भारी मात्रामा सवारी कर बृद्धि गर्नुका साथै ६(६ महिनामा सवारी जाचँपास गर्नुपर्ने नीति समेत ल्याएको भन्दै बिरोध जनाएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।