एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइन टिकट बुकिङमा २०% ‘क्यास व्याक’

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको छ ।

बैंकले आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले एनआईसी एशिया मो बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मो बैंक मार्फत पहिलो टिकट बुकिङमा अधिकतम ५ सय रुपैयाँ एंव दोश्रो पटकबाट एक सय रुपैयाँ सम्म क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।