सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।

यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने बैंकको भनाई छ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।