सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्झौता

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सले आइतबार एक आपसमा गाभ्ने।गाभिने प्रारम्भिक समदझारीपत्रमा हस्ताक्षर गरेका छन् ।

होटल याक एण्ड यतिमा दुई कम्पनीबीच भएको मर्जर सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि दुई कम्पनीबीच मर्जरको प्रकृया अगाडि बढेको हो ।

प्रारम्भिक सहमतिमा दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनपछि मात्रै स्वाप रेसियो तय हुनुका साथै सञ्चालक समिति सदस्य र मर्जरका बाँकी काम तय हुने सहमति गरेका छन् । दुबै कम्पनीका अध्यक्षले कर्मचारी नहटाउने सहमति छ ।

यस्तो छ दुई कम्पनीबीचको तुलनात्मक अवस्था:-

कम्पनी स्थापना भएको लामो समय भएपनि धेरै सूचकमा दुई कम्पनीको स्तर बराबर जस्तै रहेको छ । पछिल्लो वित्तीय विवरण अनुसार चुक्ता पूँजी, जगेडा कोष, शाखा कार्यालय, कर्मचारी संख्या, प्रतिसेयर आम्दानी र नेटवर्थ उस्तै देखिएको छ । बीमा कोष र खुद बीमाशुल्क आर्जनमा भने सूर्या लाइफ ज्योति लाइफको तुलनामा निकै अगाडि छ ।

हाल सुर्या लाइफको शाखा १४९ र कर्मचारी संख्या ४०५ रहेको छ । ज्योति लाइफको शाखा १३० र कर्मचारी संख्या ४०४ रहेको छ । सूर्या लाइफको प्रतिसेयर सम्पत्तिको मूल्य ६७९.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.३१ रुपैयाँ र प्रतिसेयर आम्दानी ७.८८ रुपैयाँ छ । ज्योति लाइफको प्रतिसेयर सम्पत्तिको मूल्य ३८९.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ र प्रतिसेयर आम्दानी ११.३८ रुपैयाँ रहेको छ ।

दुई कम्पनीबीच एक बराबर एक अनुपातमा मर्जर सम्पन्न भए मर्जरपछिको कम्पनीको संयुक्त पूँजी कोष ६ अर्ब १३ करोड १८ लाख रुपैयाँ पुग्नेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड ३ लाख रुपैयाँ र ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा मर्जर भएको खण्डमा चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्दा बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब पूँजी सजिलै कायम हुनेछ । बराबरी हैसियतको मर्जर भएमा एकीकृत कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब १ करोड ७७ लाख, जगेडा कोषमा १ अर्ब १६ करोड १५ लाख रुपैयाँ सञ्चित हुनेछ । सूर्या लाइफको जगेडा कोषमा ५९ करोड ४६ लाख ८७ हजार रुपैयाँ सञ्चित हुँदा ज्योति लाइफकोमा ५५ करोड ६८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म सूर्या लाइफको बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ सञ्चित हुँदा ज्योति लाइफको ५ अर्ब ६६ करोड १८ लाख रुपैयाँ रहेको छ । यस अवधधिमा सुर्या लाइफले ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ज्योति लाइफको २ अर्ब ६३ करोड ४५ लाख हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म सूर्या लाइफको खुद नाफा १५ करोड ६ लाख ९५ हजार र ज्योति लाइफको खुद नाफा २० करोड ६५ लाख ९ हजार रुपैयाँ रहेको छ ।

हाल सुर्या लाइफको शाखा १४९ र कर्मचारी संख्या ४०५ रहेको छ । ज्योति लाइफको शाखा १३० र कर्मचारी संख्या ४०४ रहेको छ । सूर्या लाइफको प्रतिसेयर सम्पत्तिको मूल्य ६७९.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.३१ रुपैयाँ र प्रतिसेयर आम्दानी ७.८८ रुपैयाँ छ । ज्योति लाइफको प्रतिसेयर सम्पत्तिको मूल्य ३८९.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ र प्रतिसेयर आम्दानी ११.३८ रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको खुद बीमाशुल्कका आधारमा हेर्दा सुर्या लाइफले ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ज्योति लाइफले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ ।

बैशाख महिनाको तथ्याङ्क अनुसार सुर्या लाइफले ५ लाख १२ हजार ७९ वटा बीमालेख जारी गरेर ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उता ज्योति लाइफले १ लाख ४६ हजार ५७९ वटा बीमालेख जारी गरेर २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।