मर्जरमा सेयर स्वाप, सीइओका विषयमा प्रकाशित समाचार भ्रामक – सूर्या लाइफ र ज्योति लाइफ 


सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स मर्जरमा जाने सम्बन्धमा भएको प्रारम्भिक सम्झौताका सम्बन्धमा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै सम्बन्धित कम्पनीहरूले ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सले केही सञ्चार माध्यमहरूमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरूलाई  भ्रम श्रृजना हुने गरी सूचना प्रवाह गरेको र त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेको हो । मर्जर सम्झौतामा नभएका विषयलाई समाचार बनाइएको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

“स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरू कम्पनीहरूको डीडीए, एक्चुरी भ्यालुएसन,  बीमा समितिबाट तोकिएको आधार लगायत, प्रचलित कानुन र मापदण्डहरूको आधारमा दुबै कम्पनीहरूको सहमति पश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरूमा कुनै सत्यता नरहेको व्यहोरा आम सरोकारवालाहरूमा जानकारी गराउँदछौँ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्झौता