प्रभु बैंक र मोको वालेटबीच भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता

0
Shares

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सका बीच प्रभु बैंकका ग्राहकलाई मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता बमोजिम भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकले मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी बिल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् ।

साथै, कार्डमा आधारित स्क्यान टू पे / क्यूआरको माध्यम बाट पनि भुक्तानी गर्न सकिने ब्यबस्था रहेको छ । मोको डिजिटल वालेट मार्फत हुने बैंकिङ्ग कारोबार सरल सुरक्षित र भरपर्दो मानिएको छ ।

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सविच सम्पन्न उक्त सम्झौता पश्चात् नेपालको बैंकिङ्ग क्षेत्रमा विद्यूतीय माध्यम मार्फत हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिषा कार्डबाहक ग्राहकहरुले यो सुविधा उपभोग गरी अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।