‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना,’ निक्षेपकर्ताले निक्षेपको १० गुणा रकम पाउने


एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक लक्षित गरि ल्याइएको बैंकले जनाएको छ ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दोब्बरदेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । निक्षेपकर्ताले निक्षेप गरेको रकमको ८० प्रतिशत रकम बराबरको कर्जा समेत लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।