सहकारी क्षेत्रको सफ्टवेयर कम्पनी एम बैंकलाई आइएसओ


सफ्टवेयर कम्पनी एम बैंक टेक्नोलोजी सहकारीको क्षेत्रमा काम गर्ने संस्था मध्ये आइएसओ २७००१स्२०१३ बाट प्रमाणीकरण हुने पहिलो संस्था बनेको छ । एम बैंकले ग्राहकलाई उच्च गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रदान गरेकाले आइएसओ ९इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट० २७००१स्२०१३ प्रमाणपत्र पाएको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै एम बैंक सहकारीको क्षेत्रमा काम गर्ने सफ्टवेर कम्पनीहरु मध्ये एम बैंक आइएसओ ९००१ तथा २७००१ प्राप्त गर्ने पहिलो सफ्टवेर कम्पनी बन्न सफल भएको छ । एम बैंकले यसअघि पनि आइएसओ ९००१स्२०१५ प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

एप एक, सुविधा अनेक भन्ने नारा सहित सहकारी डिजिटाइजेसनमा अगाडी बढी रहेको अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदायक अग्रणी सफ्टवेयर कम्पनी एm बैंक हो ।

आइएसओ ९इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट० २७००१स्२०१३ बाट प्रमाणीकरण हुनुभनेको सुरक्षित तवरले काम गर्न सक्ने एउटा बिश्वासको आधार हो। यस प्रमाणीकरणले एम बैंक प्लेटफर्म अन्तर्गत ग्राहकहरुका हरेक डाटा तथा कारोबारहरु सुरक्षित रहेका छन् र त्यसमा कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ ।

कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनका अनुसार आइएसओ २७००१ इन्फोरमेसन सेच्युरिटि कम्प्लायांस प्रदर्शन गर्ने एउटा माध्यम हो, जसले ग्राहक तथा प्रयोगकर्ताको विश्वासलाई बढाउने काम गर्छ । कम्पनीले बिगत ७ बर्षदेखि आफ्नो आई। टी। पूर्वाधार तथा सिस्टममा लगानी गर्दै आएको छ र आगामी दिनहरुमा पनि ग्राहकको सुरक्षामा केन्द्रित रही आफ्नो सेवाहरु बढाउदै लैजाने प्रतिबद्दता जनाएको छ ।

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एम बैंकले हाल सम्म देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको छ । प्रायस् जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप एम बैंक हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।