सिताराम घ्यू नयाँ प्याकिङ्गमा बिक्री बितरण शुरु

0
Shares

सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले हाल बजारमा बिक्री बितरण हुँदै आइरहेको सितारम घ्यू अब नयाँ प्याकिङ्गमा बिक्री बितरण शुरु भएको छ ।

आर्कषक बटटामा प्याकिङ्ग गरिएको अत्याधुनिक प्रविधिबाट उत्पादित सितारम घ्यू को यो प्याकेट आजबाट आइसकेको कम्पनीले जनाएको छ ।

सिताराम दुधले विगत २५ वर्ष देखि दुग्ध र दुग्ध पदार्थ (बटर, पनीर,लस्सी, दही, फ्रेस मिल्क,दुध) बिक्री बितरण गर्दै आइरहेको छ ।

कम्पनीले सिताराम दुध उत्पादन र बिक्री बितरणको २५ बर्ष पुगेको अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।

सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दुधपोखरीमा रहेको छ

सिताराम गोकुल मिल्कस् काठमाण्ठौं प्रा.लि. २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ ।

सिाताराम गोकुुल मिल्कस् प्रा.लि.ले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ।

दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।