जीवन बीमा शुल्क संकलन ११९ अर्ब बढी, नेपाल लाइफको मात्रै ३० अर्ब माथि

0
Shares

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन करिब १७ प्रतिशतले बढेको छ । बीमा जनचेतना विस्तारसँगै बीमा कम्पनीहरूको पोलिसी बिक्री दरमा सुधार आएपछि बीमा शुल्क संकलन बढेको हो ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले २०७९ जेठ मसान्तसम्ममा एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो बीमा शुल्क संकलन गत आव सोही अवधिमा तुलनामा चालु आवको १६.७५ प्रतिशतले धेरै हो । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले ८५ अर्ब ६१ करोड ९० लाख १७ हजार रुपैयाँ नवीकरण शुल्क र ३३ अर्ब ८५ करोड ९१ लख २४ हजार रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ । जसमा नवीकरण बीमाशुल्कको हिस्सा ७१.६६ र प्रथम बीमाशुल्कको हिस्सा २८.३४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०७७-७८ को एघार महिना अवधिमा १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । २०७९ बैशाखसम्म जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरूले ९ अर्ब ७ करोड ६० लाख २३ हजार रुपैयाँ संकलन गरेका छन् । जसमध्ये २ अर्ब ५९ करोड ३७ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ६ अर्ब ४८ करोड २३ लाख ८ हजार रुपैयाँ नवीकरण शुल्क रहेको छ । जेठमा संकलित रकम कुल बीमाशुल्कको ७.६० प्रतिशत हो ।

यस्तै जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १ करोड २६ लाख ३२ हजार ३७३ वटा बीमालेख जारी गरेका छन् । जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ९ लाख २१ हजार ८९४ वटा बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ । जुन गत बैशाखको तुलनामा ७५ हजार ९६० ले कम हो । बैशाखमा ९ लाख ९७ हजार ८५४ वटा बीमालेख जारी गरेका थिए ।

कुल बीमाशुल्कको २६ प्रतिशत प्रिमियम नेपाल लाइफको

नेपाल लाइफ इन्स्योरेन्सले जेठ मसान्तसम्ममा ३० अर्ब ६७ करोड ९० लाख २ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यो रकम जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाखको २५.६८ प्रतिशत हो । २०७८ जेठसम्म कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ११.२८ प्रतिशतले वृद्धि गरेको हो ।

Life Insurance Premium Collection (in crore)
S.N. Name Till Jestha 2079  Till Jestha 2078  Change %
1 Nepal Life Insurance 3067.9002 2757.0000 11.28
2 Life Insurance Co. Nepal 1479.1017 1469.0000 0.69
3 National Life Insurance 1207.2779 957.0000 26.15
4 Rastriya Beema Sansthan 749.5145 726.0000 3.24
5 Union Life Insurance 693.0715 570.0000 21.59
6 Asian Life Insurance 597.398 504.0000 18.53
7 Met Life Insurance 478.2696 455.0000 5.11
8 Citizen Life Insurance 461.3745 287.0000 60.76
9 Prime Life Insurance 445.2364 335.0000 32.91
10 Surya Life Insurance 425.3476 361.0000 17.82
11 Sun Nepal Life Insurance 353.302 186.0000 89.95
12 Reliable Nepal Life Insurance 343.8498 264.0000 30.25
13 Jyoti Life Insurance 321.9456 261.0000 23.35
14 IME Life Insurance 285.4224 209.0000 36.57
15 Gurans Life Insurance 273.2785 317.0000 -13.79
16 Reliance Life Insurance 258.7116 213.0000 21.46
17 Sanima Life Insurance 203.8088 166.0000 22.78
18 Prabhu Life Insurance 174.7769 121.0000 44.44
19 Mahalaxmi Life Insurance 128.2266 76.0000 68.72
Total 11947.8141 10234.0000 16.75

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नेशन लाइफ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ । जेठसम्ममा एलआईसीले १४ अर्ब ७९ करोड १० लाख (१२.३८ प्रतिशत) र नेशनल लाइफले १२ अर्ब ७ करोड २७ लाख (१०.१० प्रतिशत) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा एलआईसीको बीमा शुल्क ०.६९ प्रतिशतले बढ्दा नेशनल लाइफले २६.१५ प्रतिशतले बढाएको हो । २०७८ जेठ मसान्तसम्ममा एलआईसीले १४ अर्ब ६९ करोड र नेशनल लाइफले ९ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४९ करोड (६.२७ प्रतिशत), युनियन लाइफले ६ अर्ब ९३ करोड (५.८० प्रतिशत), एशियन लाइफ ५ अर्ब ९७ करोड (५ प्रतिशत), मेट लाइफले ४ अर्ब ७८ करोड (४ प्रतिशत), सिटिजन्स लाइफ ४ अर्ब ६१ करोड (३.८६ प्रतिशत), प्राइम लाइफ ४ अर्ब ४५ करोड (३.७३ प्रतिशत), सूर्या लाइफ इन्स्योरेन्स ४ अर्ब २५ करोड (३.५६प्रतिशत), सन नेपाल लाइफ ३ अर्ब ५३ करोड (२.९६ प्रतिशत), रिलायबल नेपाल लाइफ ३ अर्ब ४३ करोड (२.८८ प्रतिशत) माथि बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी ज्योति लाइफले ३ अर्ब २१ करोड, आईएमई लाइफ इन्स्योरेन्स २ अर्ब ८५ करोड, गुराँस लाइफ इन्स्योरेन्स २ अर्ब ७३ करोड, रिलायन्स लाइफ २ अर्ब ५८ करोड, सानिमा लाइफ २ अर्ब ३ करोड, प्रभु लाइफ १ अर्ब ७४ करोड र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

व्यवसाय वृद्धिका आधारमा शीर्ष पाँचमा सबै नयाँ कम्पनी, नयाँ दश कम्पनीको हिस्सा २७ प्रतिशत

चालु आर्थिक वर्षको एघार महिना अवधिमा जीवन बीमा कम्पनीहरूले अघिल्लो आवको यसै अवधिको तुलनामा १६.७५ प्रतिशतले वृद्धि गर्दै १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ मध्ये १४ नयाँ कम्पनीको कुल बीमाशुल्क वृद्धिदर औसत भन्दा धेरै छ । जसमध्ये शीर्ष पाँचमा सबै नयाँ कम्पनी रहेका छन् भने टप १२ मा १० वटा नयाँ जीवन बीमा रहेका छन् । यसबाट पनि नयाँ बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक रहेको बुझ्न कठिन हुँदैन ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार दश वटा नयाँ जीवन बीमा कम्पनीको बीमा शूलकको आधारमा बजार हिस्सा २६.९९ प्रतिशत देखिएको छ । यस अवधिमा नयाँ दश जीवन बीमा कम्पनीले ३२ अर्ब २४ करोड ४८ लाख रुपैयाँ संकलन गरेको छ ।

चार वर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरूलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्। व्यवसायको वृद्धिको आधारमा मात्र होइन रकमका आधारमा पनि युनियन लाइफले पुराना कम्पनीहरू एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सलाई पछाडि पार्दै बीमा शुल्क रकमका आधारमा शीर्ष पाँचभित्र समेटिएको छ । अघिल्ला वर्षहरुमा नै वृद्धि गरेको व्यवसाय (पुराना बीमा पोलिसी) बाट प्राप्त हुने बीमाशुल्क संकलन र नवीकरणमा पुराना कम्पनीहरु रमाउँदै गर्दा नयाँ बीमा कम्पनीहरूलाई पुराना कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रन पनि नयाँ बीमा पोलिसी बिक्री गर्नुपर्ने चुनौति छ । यसले पनि नयाँ कम्पनीहरूलाई व्यवसाय विस्तार गर्नेपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।

कयौं वर्षदेखि बीमा बजारमा अधिपत्य जमाएका बीमा कम्पनीहरूको व्यवसाय विस्तार (नयाँ बीमा पोलिसी बिक्री) को दर निकै सुस्त देखिएको छ । गुराँस लाइफको व्यवसाय विस्तार गत आवको एघार महिनाभन्दा अहिले घटेको तथ्याङ्कमा देखिएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १४ कम्पनीको कुल बीमाशुल्क वृद्धिदर औसतभन्दा धेरै छ । चार कम्पनीको मात्र औसतभन्दा कम रहेको छ ।

Life Insurance Premium Collection (in crore)
S.N. Name Jestha 2079  Jestha 2078  Change %
1 Sun Nepal Life Insurance 353.302 186.0000 89.95
2 Mahalaxmi Life Insurance 128.2266 76.0000 68.72
3 Citizen Life Insurance 461.3745 287.0000 60.76
4 Prabhu Life Insurance 174.7769 121.0000 44.44
5 IME Life Insurance 285.4224 209.0000 36.57
6 Prime Life Insurance 445.2364 335.0000 32.91
7 Reliable Nepal Life Insurance 343.8498 264.0000 30.25
8 National Life Insurance 1207.2779 957.0000 26.15
9 Jyoti Life Insurance 321.9456 261.0000 23.35
10 Sanima Life Insurance 203.8088 166.0000 22.78
11 Union Life Insurance 693.0715 570.0000 21.59
12 Reliance Life Insurance 258.7116 213.0000 21.46
13 Asian Life Insurance 597.398 504.0000 18.53
14 Surya Life Insurance 425.3476 361.0000 17.82
15 Nepal Life Insurance 3067.9002 2757.0000 11.28
16 Met Life Insurance 478.2696 455.0000 5.11
17 Rastriya Beema Sansthan 749.5145 726.0000 3.24
18 Life Insurance Co. Nepal 1479.1017 1469.0000 0.69
19 Gurans Life Insurance 273.2785 317.0000 -13.79
Total 11947.8141 10234.0000 16.75

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सर्वाधिक ८९.९५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास इन्स्योरेन्सको ६८.७२ प्रतिशत र तेस्रो स्थानमा रहेका सिटिजन्स लाइफले ६०.७६ प्रतिशतको वृद्धि रहेको छ ।
विसं २०७८ जेठको तुलनामा २०७९ जेठसम्म संकलित कुल बीमाशुल्कका आधारमा प्रभु लाइफले ४४.४४ प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्स ३६.५७ प्रतिशत, प्राइम लाइफ ३२.९१ प्रतिशत, रिलायबल नेपाल लाइफले ३०.२५ प्रतिशतले वृद्धि गरेको छ ।

यसैगरी थप पाँच जीवन बीमा कम्पनीको वार्षिक वृद्धि २० देखि ३० प्रतिशतको बीचमा, तीन कम्पनीको वृद्धि २० प्रतिशतभन्दा कम दश प्रतिशतभन्दा बढी र तीन कम्पनीको बीमाशुल्क संकलन पाँच प्रतिशतभन्दा कम रहेको छ । गुराँस लाइफको भने अघिल्लो आवको एघार महिनाको तुलनामा घटेको छ ।

बीमा समितिका अनुसार अघिल्लो जेठको तुलनामा समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको २६.१५ प्रतिशत, ज्योति लाइफ २३.३५ प्रतिशत, सानिमा लाइफ २२.७८ प्रतिशत, युनियन लाइफ २१.५९ प्रतिशत र रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क संकलन २१.४६ प्रतिशतले कुल बीमा शुल्क संकलन वृद्धि गरेको छ ।

यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन १८.५३ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गरेको छ । यस्तै सूर्या लाइफ इन्स्योरेन्सकाे १७.८२ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ११.२८ प्रतिशतले बढेको छ । यस अवधिमा मेट लाइफको ५.११ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३.२४ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको कुल बीमाशुल्क संकलन रकम ०.६९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा गुराँस लाइफ इन्स्योरेन्सेको बीमाशूल्क भने घटेको छ । यस अवधिमा गत जेठको तुलनामा चालु आवको यसै अवधिमा १३.७९ प्रतिशतले कुल बीमाशुल्क संकलन घटेको बीमा समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।