बैदेशिक रोजगारीमा गएकाहरुलाई एनआईबिएल एस क्यापिटलको सेयर सचेतना कार्यक्रम


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेकाहरुलाई लक्षित गरी सेयर तालिम आयोजना गरेको छ ।

क्यापिटलले विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको जनाएको छ ।

“माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी” भन्ने मूल उद्देशयको साथ क्यापिटलले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागिहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी दिइएको क्यापिटलले जनाएको छ ।

कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत दिएको क्यापिटलले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।