विदेशी विनिमय अपचलनमा ८ करोड मागदाबी सहित मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा ८ करोड २३ लाख रुपैयाँ मागदाबी लिँदै काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

विभागले कुश्मा १, पर्वत स्थायी वतन भई हाल काठमाडौं सामाखुशी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ विपरितको कसूरमा ८ करोड २३ लाख २६ हजार ८०६ रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा पौडेलले विदेशबाट अनौंपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएको विभागले जनाएको छ ।

उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको, प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको पाइएको विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।