अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
संसदले छानबिन गर्न बुधबार ११ सदस्यीय ‘संसदिय छानबिन विशेष समिति’ गठन भएसँगै मन्त्री शर्माले राजिनामा घोषणा गरेका हुन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले राजीनामा दिएका हुन् ।
राजीनामा घोषणा गर्दै मन्त्री शर्माले एउटा संसदीय छानबिन मात्र हाेइन हजारौं छानबिनका लागि तयार भएको बताए । छानबिन समितिलाई पूर्ण रुपमा सहयोग गर्ने भन्दै उनले आफूमाथि लगाइएका आरोपको पूर्ण रुपमा अस्वीकार गर्ने बताए ।
प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री शर्मा र अनाधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको सम्बन्धमा सीसीटीभी फुटेज सहित छानबिन गर्नका लागि संसदीय समिति समेत गठन गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया