नबिल र बंगलादेश बैंकको एकीकृत कारोबारसँगै २० शाखा बन्द तथा स्थानान्तरण हुने


नबिल बैंक र नेपाल बंगलादेश बैंकले गाभ्ने गाभिने प्रकृया पुरा गरेर असार २७ देखि एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार सुरु हुँदा बैंकले देशभरका २० शाखाहरु बन्द तथा स्थानान्तरण गर्ने भएको छ ।

एकै स्थानमा रहेका दुई बैंकका शाखाहरुमध्ये कुनै एक शाखा बन्द तथा स्थानान्तरण गरी डुप्लिकेशन व्यवस्थापन गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार १७ स्थानमा रहेका बंगलादेश बैंकका शाखा कार्यालयहरु बन्द हुनेछन् भने नजिकको नबिल बैंककको शाखा कार्यालयलाई निरनतरा दिइनेछ । ३ स्थानमा रहेका नबिल बैंकको शाखा कार्यालयहरु बन्द भई नजिकको नेपाल बंगलादेश बैंकको शाखा कार्यालयमा समयोजन हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार बाराको सिमरास्थित नबिल बैंकको शाखा बन्द हुनेछ भने बंगलादेश बैंकको हालको शाखा नबिल बैंकको रुपमा सञ्चालनमा रहनेछ । त्यसैगरी पर्साको खैरेनी शाखा बन्द हुनेछ भने बंगलादेशको सोही शाखालाई सञ्चालन गरिनेछ । नवलपरासीको दलदलेमा रहेको नबिलको शाखा बन्द गरी बंगलादेश बैंकको शाखा नबिलको नामबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

यसैबिच एकीकृत कारोबारका लागि शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोबमबार बिहानसम्म नबिल बैंकको सबै कारोबारहरु बन्द हुनेछ । यो अवधिमा बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड मात्र सञ्चालन हुनेछ ।
उता नेपाल बंगलादेश बैंकको भने सबै कारोबारहरु बिहीबार साँझदेखि नै बन्द भएका छन् । सोमबार बिहानसम्म बैंकको क्रेडिट कार्ड मात्र सञ्चाल हुने बैंकले जनाएको छ ।

शाखा कार्यालयहरु बन्द तथा स्थानान्तरण हुने सूची यस्तो छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।