चीनमा उत्पादन सुरु भएपछि टेस्लाको कार बिक्रीमा रेकर्ड

0
Shares

चीनबाट उत्पादित कारहरुको संङ्ख्यामा वृद्धि भएपछि टेस्लाको बिक्री मासिक रुपमा अहिले सम्म कै उच्च भएको छ ।

कोभिड–१९का कारण चीनमा लकडाउन हुँदा सुस्त गतिमा भएको उत्पादनमा वृद्धि आएपछि टेस्लाले जुन महिनामा अहिले सम्मकै रेकर्ड तोड्ने गरी कार बिक्री गर्न सफल भएको हो ।

चिनियाँ प्यासेन्जर कार एसोसिएसनका अनुसार जुनमा चिनियाँ प्लान्टबाट ७८ हजार ९ सय ६ वटा कार बिक्री गरेको छ । मे महिनामा ३२ हजार १ सय ६५ कारहरु मात्रै बिक्री भएका थिए । गत वर्षको तुलनामा यो वर्ष कारहरुको बिक्री २२ प्रतिशतले बढेको हो ।

यसैगरी कोभिड–१९ संक्रमण कम हुँदै गएपछि उद्योग तथा फ्याक्ट्रीहरुमा निरन्तर उत्पादन हुँदा चीनको निर्यात दरमा पनि वृद्धि आएको छ । विद्युतीय कार निर्माता वीवाइडी लगायतका कम्पनीहरुको पनि बिक्री दरमा वृद्धि भएको चिनियाँ प्यासेन्जर कार एसोसिएसनले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।