बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएका दर्जनौं उजुरी महासंघमा आएका छन् : गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक वित्तीय संस्थाका कारण उद्योगी व्यवसायीहरुले दुःख पाएको बताएका छन् । बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःख दिईरहेको गोल्छाले बताएका हुन ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा महासंघले आयोजना गरेको छलफल कार्यक्रममा गोल्छाले सम्झौता विपरित बैंक वित्तीय संस्थाले अतिरिक्त शुल्क लिने गरेको बताएका हुन् । आधार ब्याजदर र प्रिमियमको दरमा भएको सम्झौता विपरित बैंकहरुले अतिरिक्त शुल्क लिँदा उद्योगी व्यवसायी मारमा परेकोतर्फ उनले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन् ।

महासंघमा बैंक वित्तीय संस्थासँगको सम्झौता विपरित अधिक शुल्क असुलीका सम्बन्धमा धेरै उजुरी परेकोतर्फ उनले राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराए । यस्ता उजुरी दिनहुँआउने गरेको भन्दै उनले हस्तक्षेपकारी भूमिका खेल्न पनि गभर्नर अधिकारीसँग आग्रह गरे ।

तरलता अभावका कारण धेरै उद्योग व्यवसाय प्रभावित भएको भन्दै उनले यसलाई सम्बोधन गर्ने किसिमको मौद्रिकनीति आउने अपेक्षा आफुहरुको रहेको उनले बताए । साना तथा मझौला उद्योगहरु तरलता अभावको चरम शिकारमा परेको उनको भनाई थियो ।

“अर्थतन्त्र समस्यातिर गइरहेको छ, तर समस्याग्रस्त भईसकेको भने छैन । विगतमा तरलताका कारण देखिएको समस्याभन्दाअहिलेको समस्या विशेष किसिमको छ । यो समस्यालाई मौद्रिकनीतिले सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं,” गोल्छाले भने ।

तरलता अभावको असर राजश्वमा समेत परिरहेको बताएकागोल्छाले यसको सुधारका लागि साना तथा मझौलाउद्योग उठाउन मौद्रिकनीतिले स्टिमुलस प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

मुद्रास्फिती भन्दा बचतको व्याजदर कम भएको र कर्जाको व्याजदर छोटो समयमै दोब्बरभन्दा बढी पुग्दाअहिलेको समस्या देखिएको उनको भनाई थियो । यस्तो अवस्थालाई सन्तुलन गर्न आगामी मौद्रिकनीतिले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने गोल्छाले बताए ।

अनुत्पादन क्षेत्रको गतिविधिलाइ रोकेर उत्पादन मुलक क्षेत्र मात्र भन्दै गर्दा समस्या झनै आउन सक्ने उनको बुझाइ छ । त्यसैले दुबै पक्षलाई सन्तुलित रुपमा अघि बढाउन समेत उनले सुझाए । आयातमा सत प्रतिशत मार्जिको व्यवस्थाले मूल्य वृद्धि बढेको बताउदै उनले भने,“कम उत्पादनशील क्षेत्रलाई निरुत्साहित गर्दा देशको राजस्वमै असर गर्छ ।”

पूँजी बजारका सम्बन्धमा बोल्दै महासंघ अध्यक्ष गोल्छाले ५५ लाख डिम्याट होल्डरको लगानी सुरक्षाका सम्बन्धमा पनि मौद्रिकनीतिले विशेष पहल गर्नुपर्ने सुझाव दिए । ठुलो संख्याका लगानीकर्ता बजारको निरन्तरको गिरावटले समस्यामा परेको भन्दै उनले न्यायदिनुपर्नेमा जोड दिएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।