दाङको घोराहीमा धितोपत्र बजार लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

0
Shares


आर्यतारा ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजको आयोजनामा लुम्विनी प्रदेशको राजधानी दाङको घोराहीमा धितोपत्र बजार लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेश गर्नुअघि र बजार प्रवेश गर्दा ध्यान दिनुपर्ने बिषयवस्तु लगायत समग्र पुँजीबजारका बिषयमा जानकारी गराइएको आर्यताराका प्रवन्ध निर्देशक गुणनिधि भुुसालले जानकारी दिए।

असार २५ गते सम्पन्न उक्त कार्यक्रममा झण्डै दुई सय जना स्थानीय व्यक्तिहरुको सहभागिता थियो। सहभागीहरुलाई सुवास चन्द्र, सन्दिप कुमार चौधरी लगायतले प्रशिक्षण दिएका थिए ।

आर्यताराले दाङको घोराहीस्थित न्युरोडमा आफ्नो दोस्रो शाखा सञ्चालन गरेको छ । राजधानी केन्द्रित लगानीकर्ताले सरह घोराहीका लगानीकर्ताले पनि उत्कृष्ट सेवा पाउने गरी व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।