विविध पक्षको स्वार्थलाई नभई मौद्रिक नीतिले आर्थिक स्थायित्वलाई सम्बोधन गर्नुपर्छ : मुख्य सचिव बैरागी


नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिैक स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला हरेक तह तप्का र पक्षले आफ्नो स्वार्थमा मौद्रिक नीति आओस भन्ने चाहना राखे पनि राष्ट्र बैंकले त्यसो गर्न नहुने बताएका हुन् ।

मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेको बताउँदै मुख्य सचिव बैरागीले असहजतालाई गम्भीर समस्याका रुपमा नलिन सबै पक्षलाई आग्रह गरे । सबै पक्षले आआफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गरेर अर्थतन्त्र सबल बनाउनु पर्नेमा जोड दिएका बरागीले अर्थतन्त्रमा परेको असरलाई सबैले सहन गर्नुपर्ने बताए ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा बोल्दै बैरागीले अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्वको रहेको र सबैले आत्मबल बलियो बनाउनु पर्ने बताएका हुन् ।

एकीकृत कारोबारको सुरुवात गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले प्राप्ति पछि दुई संस्थाका सेयरधनी र कर्मचारीका बिचमा कुनै विभेद नगरिने प्रतिबद्धता जनाएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।