रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा गाभिने सहमति

0
Shares


रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

असार २९ बुधबार दुई कम्पनीबीच मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो । सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् ।

दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ ।

हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि स्थापना हुने कम्पनीको कुल जगेडा कोष ५८ करोड १९ लाख रुपैयाँ हुनेछ। यसैगरी जीवन बीमा कोषको आकार ६ अर्ब ८० करोडभन्दा बढी हुने छ। महाविपत्ति जगेडा कोष ७ करोड ४९ लाख रुपैयाँ पुग्नेछ। 

बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।