सगरमाथा र लुम्बिनीबीच मर्जर सम्झौताः १०० बराबर ८० मा गाभिने

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सहमतिपत्र (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ ।

दुई इन्स्योरेन्सबीच १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । काठमाडौंको काभेरा इन ज्ञानेश्वरमा आज बिहान ९ः०० बजे सम्झौता पत्रमा हस्ताक्षर भएको थियाे ।

सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका सदस्य लोकमान गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका सदस्य अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपछि सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री बन्नेछन् भने अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सले पाउनेछ ।

बुधबार रातिदेखि दुबै कम्पनीको मर्जर कमिटीमा सहमति गर्नेबारे छलफल भएकाेमा बिहीबार लुम्बिनी र सगरमाथाको मर्जर हुने सहमति जुटेको हो । हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड र लुम्बिनी जनरलको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ३८ करोड हाराहारी पुग्नेछ ।

सम्झौतापछि दुबै कम्पनीको नेप्सेमा हुँदै आएको दोस्रो बजारको सेयर कारोबार समेत रोक्का भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।