बिहीबार एकै दिन ४ बीमा कम्पनीको सेयर कारोबार रोकियो


बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्नुपर्ने दवाबमा रहेका बीमा कम्पनीहरु एक पछि अर्को गर्दै मर्जरमा जान थालेका छन् ।

बुधबार बिहान मात्र सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएकोमा साँझ सानिमा जनरल र जनरल इन्स्योरेन्सले मर्जरमा जाने सहमति गरेका थिए । सो लगत्तै बिहीबार बिहान लुम्बिनी जनरल तथा सगरमाथा इन्स्योरेन्सले मर्जरमा जाने सहमति जुटाएसँगै सबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार बुधबार साँझ मर्जर सम्झौता गरेका जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका साथै बिहीबार सम्झौता गरेका लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको सेयर कारोबार स्थगित भएको हो ।

मर्जरमा जाने सम्झौता गरेसँगै कम्पनीहरुले नेप्सेलाई सम्झौताको जानकारी गराए पछि सबै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

जनरल र सानिमा जनरल इन्स्योरेन्सबिच मर्जर सम्झौता, १ बराबर एक सेयर स्वाप

सगरमाथा र लुम्बिनीबीच मर्जर सम्झौताः १०० बराबर ८० मा गाभिने

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।