महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टर महाराजगञ्जमा


एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने विश्वास एनसेलको छ ।

एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदान रहेको बताएको छ । यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता मिशन अनुरुप रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्पूर्णरुपमा महिला कर्मचारीहरुबाट संचालित एनसेल सेन्टर सञ्चालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं ।

यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।”

त्यसैगरी एनसेलको ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरुको सहभागिता रहने गरेकोमा विगत ३–४ वर्षमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएको बताइन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रैक्ष्यमा ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको बताएकी उनले लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव भएको बताइन् ।

महिला कर्मचारीहरुद्वारा संचालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालनको अवसरमा यो सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विषेश अफर रहेको एनसेलले जनाएको छ । जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्जमा ग्राहकले २० रुपैंयाको रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।