नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई ४ वर्षे अवधिका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका पराजुलीले बीमा समितिको स्वीकृति पश्चात प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने छन् ।

यस अघि रिलायन्स लाइफमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका पराजुली पुस १४ गतेदेखि नेपाल लाइफमा आबद्ध भएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।