प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने


प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।

शनिबार दुई संस्थाका बिच मर्जरमा जाने प्राम्भिक सम्झौता भएको हो । प्रभु र अजोडका बिचमा १०० बराबर ७० को अनुपातमा सेयर आदान-प्रदान हुने गरि मर्जर सम्झौता भएको हो ।

सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु इन्स्योरेन्स हुनेछ । त्यसैगरी उक्त संस्थाको ब्यबस्थापन्को नेतृत्व हालको प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी संचित बज्रचार्यले सम्हाल्ने छन् भने अध्यक्षको जिम्मेवारी अजोडका अध्यक्ष अजाद श्रेष्ठले पाउने छन् ।

मर्जरपछी प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड र अजोडको १ अर्ब रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।