कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त


कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् । 

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल कामना सेवा विकास बैंकको डिसिईओमा नियुक्त भएका हुन् ।

विगत ५ वर्ष देखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनी एनआईसि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् । 

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुयाउने बैंकले विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।