सिटिजन लाइफ पनि मर्जरको बाटो खुला गर्दै

0
Shares

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आगामी चैत मसान्तभित्र चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ ।

नियामक निकायले निर्जीवन बीमा कम्पनीरुका लागि २.५ अर्ब तथा जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब पुँजी तोकेको छ । सोही कारण पछिल्लो समय बीमा क्षेत्रमा एक आपसमा मर्जर तथा प्राप्ती मार्फत पुँजी वृद्धिको चटारो छ ।

बोनस र हकप्रदले मात्र नियामक निकायले तोकेको पुँजी पुर्याउन नसक्ने भएपछि हालसम्म १९ वटा बीमा कम्पनीहरु एक आपसमा मर्जरमा गएका हुन् । जसमध्ये हिमालयन र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार थालिसकेका छन्र भने पछिल्लो पटक असार ३२ गते शनिबार अजोड र प्रभु इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । 

यहि मेसोमा नयाँ जीवन बीमा कम्पनीको रुपमा चारवर्षअघि स्थापित सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियालाई केन्द्रमा राखेको छ । कम्पनीले उपयुक्त जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने बाटो खुला गर्न साउन ६ गत शुक्रबार विशेष साधारण सभा आह्वान गरेको हो ।

होटल हिमालय, कुपन्डोल ललितपुरमा शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने विशेष साधारण सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय गर्न लागेको हो ।

बीमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।

चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीले यसअघि जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ प्रिमियम मूल्यमा निष्काशन गर्न अनुमति मागेको थियो । तर बीमा समितिले पुँजी वृद्धि गरेसँगै कम्पनीले सो प्रस्ताव होल्ड गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।